खोप पासपोर्ट के हो?
- 福井外国人在留支援室 Fukui Foreigner Support Team
- 2021年10月7日
- 読了時間: 1分
更新日:2022年2月8日
खोप पासपोर्ट के हो?
तपाईले कोरोना विरुद्दको खोप लगाउनु भएको छ भनेर दिइएको प्रमाणपत्र नै भ्याक्सिन पासपोर्ट (कोरोना खोप प्रमाणपत्र) हो।

<Image is for illustration purposes>
खोप पासपोर्ट केका लागी हो ?
मानिसहरु जापानबाट अन्य देशहरूमा जान आवश्यक हुन सक्छ । यदि तपाइँसँग खोप पासपोर्ट छ भने, एयरपोर्टमा प्रक्रिया छिटो पूरा हुने र क्वारेन्टाइनको अवधि पनि छोटो हुनेछ।
यदि तपाइँ जापानमै हुनुहुन्छ भनेपनि खोप पासपोर्ट प्रयोगमा आउन सक्छ।
यो अझै पनी निर्णय भएको छैन तर、तल उल्लेख भएको कुरा भविष्यमा सम्भव हुन सक्छ।
1. यदि तपाइँसंग खोप पासपोर्ट छ भने, तपाइँले पसलमा छुट पाउन वा पोइन्ट प्राप्त गर्न सक्ने।
2. यदि तपाइँसंग कोरोना परीक्षणमा नकारात्मक परिणामको प्रमाणपत्र छ भने, तपाइँलाई जापान भित्रको यात्रामा कम प्रतिबन्ध हुने।
3. कार्यक्रम स्थलहरु र खेल मैदानहरुमा प्रवेश गर्न प्राथमिकता दिइने।
4. नर्सिङ्ग होम र अस्पतालहरुमा जाँदा हुने प्रतिबन्धहरुमा खुकुलो गरिने।
कसरी खोप पासपोर्ट पाउन सकिन्छ ?
खोप पासपोर्ट प्राप्त गर्नको लागी, आवश्यक कागजातहरु तयार गरि सम्बन्धित कार्यालयको काउन्टरमा बुझाउने वा हुलाक मार्फत पठाउनु पर्छ ।
आवश्यक कागजातहरु
आवेदन फारम(ठाउँ अनुसार फारम फरक पर्ने हुनाले, अनलाइन बाट खोज्नु होस )
पासपोर्टको फोटोकपि
आबेदन दिने व्यक्तिको पहिचान हुने कागजपत्रको प्रतिलिपि (निवास कार्ड, स्वास्थ्य बीमा, चालक लाइसेन्स)
खोप लगाएको प्रमाणको प्रतिलिपि
तपाइको ठेगानामा प्रमाणपत्र पठाउनको लागि चाहिने एक प्रति खाम (खाममा तपाइको ठेगाना लेखि टिकेट टाँसेर पठाउने)
आवेदन फारम

खोप लगाएको प्रमाणको प्रतिलिपि

तपाइको ठेगानामा प्रमाणपत्र पठाउनको लागि चाहिने एक प्रति खाम
