मेरो आवास कार्ड (Residence card) हरायो, अब के गर्ने ?
- 福井外国人在留支援室 Fukui Foreigner Support Team
- 2021年11月12日
- 読了時間: 1分
更新日:2022年2月8日
तल दिइएको प्रक्रियाहरू पालना गर्नुहोस्।

सबैभन्दा पहिले, त्यसको खोजी गर्नुहोस।
तपाईंले बिर्सिएर छोडेको हुनसक्ने ठाउँमा जानुहोस् र यसलाई खोज्नुहोस्।
छोडेको वा छोडेको हुनसक्ने सम्भावित ठाउँको बारेमा सोच्नुहोस।
यदि हराएको कुरामा बिस्वश्थ हुनुहुन्छ भने, पुलिसमा रिपोर्ट गर्नुहोस।
प्रहरीलाई तपाईको आफ्नो फोन नम्बर वा तपाईलाई सम्पर्क गर्ने गर्न सक्ने नम्बर दिनुहोस।
त्यसपछि, तपाईंले पुलिसबाट आवास कार्ड खोज्नको लागि भर्नु भएको आवेदन फारमको प्रतिलिपि प्राप्त गर्नुहुनेछ।
यदि तपाइँ खोजीको लागी आवेदन गरेको केहि दिन पछि उही पुलिस बाकसमा जानुभयो भने, तपाइँ हराएको कार्डको बारेमा नवीनतम जानकारी पाउनु हुनेछ।
तपाईले पुलिसलाई आफ्नो फोन नम्बर दिनुभएकोछ र पुलिसले तपाइको हराएको समान फेला परेको खण्डमा तपाईंले फोन कल प्राप्त गर्नुहुनेछ। जापानमा हराएको सामान खोज्न प्रहरीले सामान्यतया ७ दिनको समय माग्दछ। यदि 7 दिन भित्र फेला परेन भने प्रहरीले "हराएको" प्रमाणित गरिदिन्छ।
त्यसपछि, पुलिसबाट “हराएको रिपोर्ट” प्राप्त गर्न सकिन्छ। यो प्रहरी बिट बाट होइन, प्रहरी चौकीबाट प्राप्त गर्न सकिन्छ।
टिप्पणी:
जुनसुकै समान हराए पनि, पुन: बनाउनको लागि आवेदन दिनु अघि प्रहरी चौकी बाट हराएको रिपोर्ट प्राप्त गर्नु आवश्यक हुन्छ।
मैले हराएको रिपोर्ट प्राप्त गरें। अब के गर्ने ?
[在留カード再交付申請書」फारम भरेर अध्यागमन बिभागमा पेश गर्ने ।
अध्यागमन विभागमा पेश गर्नुपर्ने कागजातहरू:
1.आवास कार्ड पुन: जारी आवेदन(在留カード再交付申請書)
2. १ प्रति फोटो(4cm×3cm)
3. यदि उपलब्ध छ भने, आवास कार्डको प्रतिलिपि
4. पासपोर्ट
在留カード再交付申請書फारमभर्ने तरिका:
