top of page

मेरो आवास कार्ड (Residence card) हरायो, अब के गर्ने ?

  • 執筆者の写真: 福井外国人在留支援室 Fukui Foreigner Support Team
    福井外国人在留支援室 Fukui Foreigner Support Team
  • 2021年11月12日
  • 読了時間: 1分

更新日:2022年2月8日

तल दिइएको प्रक्रियाहरू पालना गर्नुहोस्।

  • सबैभन्दा पहिले, त्यसको खोजी गर्नुहोस।

  • तपाईंले बिर्सिएर छोडेको हुनसक्ने ठाउँमा जानुहोस् र यसलाई खोज्नुहोस्।

  • छोडेको वा छोडेको हुनसक्ने सम्भावित ठाउँको बारेमा सोच्नुहोस।

  • यदि हराएको कुरामा बिस्वश्थ हुनुहुन्छ भने, पुलिसमा रिपोर्ट गर्नुहोस।

  • प्रहरीलाई तपाईको आफ्नो फोन नम्बर वा तपाईलाई सम्पर्क गर्ने गर्न सक्ने नम्बर दिनुहोस।

  • त्यसपछि, तपाईंले पुलिसबाट आवास कार्ड खोज्नको लागि भर्नु भएको आवेदन फारमको प्रतिलिपि प्राप्त गर्नुहुनेछ।

  • यदि तपाइँ खोजीको लागी आवेदन गरेको केहि दिन पछि उही पुलिस बाकसमा जानुभयो भने, तपाइँ हराएको कार्डको बारेमा नवीनतम जानकारी पाउनु हुनेछ।

  • तपाईले पुलिसलाई आफ्नो फोन नम्बर दिनुभएकोछ र पुलिसले तपाइको हराएको समान फेला परेको खण्डमा तपाईंले फोन कल प्राप्त गर्नुहुनेछ। जापानमा हराएको सामान खोज्न प्रहरीले सामान्यतया ७ दिनको समय माग्दछ। यदि 7 दिन भित्र फेला परेन भने प्रहरीले "हराएको" प्रमाणित गरिदिन्छ।

  • त्यसपछि, पुलिसबाट “हराएको रिपोर्ट” प्राप्त गर्न सकिन्छ। यो प्रहरी बिट बाट होइन, प्रहरी चौकीबाट प्राप्त गर्न सकिन्छ।

टिप्पणी: 

  • जुनसुकै समान हराए पनि, पुन: बनाउनको लागि आवेदन दिनु अघि प्रहरी चौकी बाट हराएको रिपोर्ट प्राप्त गर्नु आवश्यक हुन्छ।


मैले हराएको रिपोर्ट प्राप्त गरें। अब के गर्ने ?

  • [在留カード再交付申請書」फारम भरेर अध्यागमन बिभागमा पेश गर्ने ।

अध्यागमन विभागमा पेश गर्नुपर्ने कागजातहरू:

1.आवास कार्ड पुन: जारी आवेदन(在留カード再交付申請書)

2. १ प्रति फोटो(4cm×3cm)

3. यदि उपलब्ध छ भने, आवास कार्डको प्रतिलिपि

4. पासपोर्ट


在留カード再交付申請書फारमभर्ने तरिका:


 
 
 
福井外国人在留支援室のロゴ

福井外国人在留支援室

​Fukui Foreigner Support Team

​910−0028 福井県福井市学園3丁目1番21号

​08:30〜17:30 月曜日〜金曜日

​オンライン 24時間/ 7日(Facebook)

  • YouTube
​Fukui Foreigner Support Team 福井外国人在留支援室
  • Facebook
福井外国人在留支援室
Copyright © 2021 Fukui Foreigner Support Team
bottom of page