ठेगाना परिवर्तन गर्दा अपनाउनु पर्ने सावधानीहरू र 'ठेगाना परिवर्तन सूचना [転居届]' कार्ड भर्ने तरिका
2021年10月29日
読了時間: 1分
更新日:2022年2月8日

सिटी अफिस अथवा वार्ड अफिसमा आफ्नो ठेगाना नवीकरण गराउनु अनिबार्य हुन्छ। नबिकरण गराउदा तपाईंले आफ्नो रेसिडेन्स कार्डमा नयाँ ठेगाना लेखाउनु पर्दछ।
ठेगाना परिवर्तन हुँदा,जहाँ जहाँ आफ्नो ठेगाना रजिस्टर गराउनु भएको छ, सबै ठाउँमा नयाँ ठेगाना जानकारी गराउनु अनिबार्य हुन्छ।
यदि तपाईंले आफ्नो ठेगाना परिवर्तन गर्नुभयो भने, तपाईंले हुलाक कार्यालयमा "転居届[Change of Address Notice" बुझाउनु पर्दछ । मोबाइल फोन, वाई‐फाई, पानी, ग्यास, बिजुलीकाकम्पनीहरूलाई पनि नयाँ ठेगाना जानकारी गराउनु पर्दछ।
'ठेगाना परिवर्तन सूचना [転居届]' भर्ने तरिका
सर्बप्रथम हुलाक कार्यालयबाट यो (転居届) कार्ड प्राप्त गर्नुहोस्।
त्यसपछि, यसलाई तल दिइएको अनुसार भरेर हुलाक कार्यालयको काउन्टरमा लगेर बुझाउनुहोस्।



