top of page
  • 執筆者の写真福井外国人在留支援室 Fukui Foreigner Support Team

माई नम्बर कार्डको आवेदन विधि

更新日:2022年2月8日

फुकुईमा माईनम्बर कार्डको लागि आवेदनदिन तीनवटा तरिकाहरू छन्।

1.हुलाक मार्फतको आवेदन

2.अनलाइनआवेदन

3.सिटी अफिसबाट दिने आवेदन


1 हुलाक मार्फत दिने आवेदन

"व्यक्तिगतनम्बर कार्ड जारी गर्ने आवेदन फारम" मा आवश्यक कुराहरू भर्नुहोस् र "स्थानीय प्राधिकरण सूचना प्रणालीको संगठन" माहुलाक मार्फतपठाउनुहोस। स्थानीय प्राधिकरण सूचना प्रणालीको संगठनमा कागजात पठाउने बारेको जानकारी तल दिइएको छ।

पोस्ट बक्स नम्बर २१९ -८६५० 日本郵便株式会社 川崎東郵便局 郵便私書箱第2号(जापान पोष्ट कम्पनि लिमिटेड कावासाकी हिगाशी हुलाक कार्यालय हुलाककार्यालय बक्स नम्बर 2) 地方公共団体情報システム機構(चिहोउकोउक्योउ दानताई जोउहोउ सिसुतेमु किकोउ) व्यक्तिगत नम्बर कार्ड जारी गर्ने र आवेदन दर्ता केन्द्र


<आवेदन फारम भर्ने तरिका>

व्यक्तिगत कार्ड नम्बर

1. नाम थर

2. ठेगाना

3. जन्म मिति

4. लिङ्ग

5. ओरिजिनल नाम लेख्नुहोस्

6. टेलिफोन नम्बर

7. आवासको स्थिति

8. समयसीमा छ छैन

9. आवास अवधि

10. आवेदन दिएको मिति

11. नाम थर

12. फोटो टाँस्ने



2 अनलाइन आवेदन



अनलाइन आवेदनगर्न तलकोलिङ्क क्लिकगर्नुहोस्।

https://net.kojinbango-card.go.jp/SS_SERVICE_OUT/FA01S001Action.do


3  सिटी हलमा आवेदन दिने

<कागजातहरु >

पहिचान प्रमाणिकरण कागजातहरू: २ वटा ([क कागजात १ वटा, ख कागजात १ वटा] वा [ख कागजात २ वटा])

कागजात क: चालक अनुमतिपत्र, आवास कार्ड, विशेष स्थायी आवास प्रमाणपत्र, राहदानी

कागजात ख: स्वास्थ्य बीमा कार्ड, पेन्सन बुक


<प्राप्त गर्ने बेला>w

स्थान: सिटी अफिस

आवश्यक कागजातहरू:

डेलिभरी सूचना र सोधपुछ फारम

सूचना कार्ड वा व्यक्तिगत नम्बर सूचना

पहिचान प्रमाणिकरण कागजातहरू 2 फरक कागजात वा कार्डहरू ("कागजात क  केवल एउटा र कागजात ख मात्र एउटा" वा "कागजात ख दुईवटा कागजात वा कार्डहरू (सार्वजनिक संस्थाले जारी गरेको एउटा)" तलको अनुसार )

आधारभूत निवासीदर्ता कार्ड (यो भएकाहरूका लागि मात्र)




閲覧数:0回0件のコメント
bottom of page