top of page

जापानमा साइकल यात्रा:

  • Writer: 福井外国人在留支援室 Fukui Foreigner Support Team
    福井外国人在留支援室 Fukui Foreigner Support Team
  • Oct 1, 2021
  • 2 min read

साइकल दैनिक जिवनको एउटा अभिन्न अंगजस्तै बनिरहेको छ । अन्य सवारी साधनहरुजस्तै जापानमा साइकल चलाउँदा पनि पालना गर्नुपर्ने विभिन्न नियमहरु छन् र ति नियमहरुको पालना नगरेमा जरिवाना लाग्छ ।

साइकल चलाउँदा पालना गर्नुपर्ने नियमहरु:


१. सामान्यतया साइकल चलाउँदा सडकमा चलाउनु पर्छ तर फुटपाथमा चलाउन मिल्ने साइनहरु राखिएका  स्थानहरुमा भने सडकभन्दा बाहिर फुटपाथमा पनि चलाउन पाइन्छ तर यसरी चलाउँदा हिड्ने व्यक्तिलाई बाधा पुग्नु हुँदैन । यदी १३ बर्ष मुनीको बच्चा वा ७० वा सो भन्दा बढि उमेरका बृद्ध–बृद्धा तथा शारिरिक असक्त्त व्यक्तिहरुलाई भने जुनसुकै स्थानको फुटपाथमा साइकल चलाउन छुट छ ।

२. साइकल सधै सडकको वायाँ भागमा चलाउनु पर्छ साथै हरेक सडक ट्राफिक नियमहरु पनि पालना गर्नुपर्छ ।

३. दाहिने-देब्रे ताँती लगाएर साइकल चलाउन मनाही छ ।

४. यहाँ एउटै साइकलमा दुईजना यात्रा गर्न पाईदैन। ६ बर्ष भन्दा मुनिका बच्चालाई भने संगै साइकलमा चढाउन     मिल्छ तर बच्चा राख्ने सिट अनिवार्य हुनुपर्छ ।

५. तपाइले चलाउने साइकलमा हेडलाइट र घण्टि हुनु अनिवार्य छ साँझको समयमा साइकल चलाउँदा हेडलाइट अनिवार्य बाल्नुपर्छ ।

६. १३ बर्ष भन्दा मुनिका बालबालिकाले साइकल चलाउँदा हेल्मेट लगाउनु पर्छ ।

७. मद्यपान गरेर साइकल चलाउन पाइदैन ।

८. जापानका धेरै स्थानहरुमा एक हातले छाता ओढेर साइकल चलाउँन पाइदैन ।

९. साइकल चलाउँदा हिड्ने मानिसहरुलाई बाधा पुर्याउन पाइँदैन

१०. ट्रेनभित्र साइकल ल्याउन पाइदैन तर व्यस्त नभएको समयमा भने फोल्ड गर्न मिल्ने साइकल कसैलाई पनि बाधा नपर्ने गरि ल्याउन भने छुट छ ।

११. साइकल पार्किङका लागि तोकिएका स्थानहरुमा मात्र पार्क गर्न पाइन्छ, तोकिएभन्दा बाहिर पार्क गरेको भेटिएमा साइकल जफत हुनसक्छ ।

१२. कानमा इयरफोन वा हेडफोन लगाएर साइकल चलाउन पनि पाइदैन । फोनमा बोल्दै साइकल चलाउनु पनि नियमविपरित हो ।


नियम पालना नगर्दा हुने सजायँ :

उल्लेखित नियमहरु पालना नगरेको खण्डमा जेल वा आर्थिक दण्डको भागिदार हुनुपर्छ । १.२०१३ देखि ट्राफिक नियम पालना नगरी साइकल चलाउने व्यक्तिलाई ३० दिनसम्मको जेल र ५० हजार जापानी येनसम्म जरिवाना लाग्न सक्ने प्रावधान छ ।

२. ब्रेक भाँचिएको वा खतराजनक तरिकाले साइकल चलाएको भेटिएमा ३ महिना जेल सजाँय अथवा ५० हजार जापानी येन जरिवाना लाग्नसक्ने प्रावधान छ ।

३. जाँडरक्सी खाएर साइकल चलाएको अवस्थामा समातिनुभयो भने १० लाख जापानी येन वा १ बर्षसम्मको जेल सजायँ हुनसक्ने प्रावधान छ ।

४. कानमा हेडफोन लगाएर वा एक हातले छाता ओडेर साइकल चलाउँदा समातिनुभयो भने ५० हजार जापानी येन जरिवाना लाग्नसक्ने प्रावधान छ ।

५. ६ बर्ष मुनिका बच्चा बाहेक एक भन्दा बढि व्यक्ति साइकलमा चढेको अवस्थामा भेटिएमा २० हजार जापानी येन जरिवाना लाग्छ ।

६. रात्री समयमा हेडलाइट नबाली साइकल चलाएमा ५० हजार जापानी येन जरिवाना लाग्नसक्छ ।

७. साइकलका लागि तोकिएको पार्किङ स्थानहरुमा नराखी जथाभावी साइकल राखेको भेटेमा साइकल उठाएर लगिनेछ, त्यसरी लगेको साइकल फिर्ता लिनका लागि स्थानअनुसार फरक फरक शुल्क लाग्छ जस्तै तोशिमामा ५००० येन, सिन्ज्युकुमा ३००० येन ।

८. २०१५ देखि लागू हुनेगरि ट्राफिक संकेतहरु अवज्ञा गर्ने, सेलफोनको प्रयोग गर्दै साइकल चलाउने, रोक्ने संकेत भएको ठाउँमा नरोक्ने, जथाभावी साइकल चलाउने जस्ता कार्य गरि एक बर्षमा एक पटकभन्दा बढि कारवाहीमा परेका चालकहरुले ३ महिना भित्रमा साइकल सम्बन्धी कोर्स अनिवार्य लिनुपर्ने बनाइएको छ, सो कोर्स नलिएको खण्डमा ५० हजार जापानी येन जरिवाला लाग्नसक्छ ।


साइकल दर्ता तथा नामसारी: 

तपाईले साइकल पसलबाट नयाँ किन्नुभएको हो भने सोही पसलमा नै सुरक्षा पञ्जिकरण तथा दर्ता गर्नुपर्ने हुन्छ । अनलाइनबाट वा सेकेण्ड ह्याण्ड साइकल किन्नुभएको हो भने पनि नजिकैको प्रहरी बिट (कोबान) मा गएर दर्ता गर्न सकिन्छ, सेकेण्ड ह्याण्ड साइकल किन्दा नामसारी गर्नु आवश्यक हुन्छ । साइकल दर्ता गरेवापत प्रिफेक्चर अनुसारको शुल्क छ, प्राय धेरैमा ५०० येनसम्म लाग्छ । साइकल दर्ता गर्नुभयो भने हराएको खण्डमा खोजी गर्न सहज हुन्छ ।


स्रोत:

 
 
 

Comments


福井外国人在留支援室のロゴ

福井外国人在留支援室

​Fukui Foreigner Support Team

​910−0028 福井県福井市学園3丁目1番21号

​08:30〜17:30 月曜日〜金曜日

​オンライン 24時間/ 7日(Facebook)

  • YouTube
​Fukui Foreigner Support Team 福井外国人在留支援室
  • Facebook
福井外国人在留支援室
Copyright © 2021 Fukui Foreigner Support Team
bottom of page