top of page
  • Writer's picture福井外国人在留支援室 Fukui Foreigner Support Team

दैनिक जिबनको लागि उपयोगी औषधिहरु

जापानी औषधि पसलहरुबाट डाक्टरको स्वीकृति बिनानै किन्न सकिने दैनिक जिबनमा उपयोगी औषधिहरु:

नोट: डाक्टरको स्वीकृति बिनानै औषधि पसलबाट किन्न सकिने भएपनि औषधिको उपयोग डाक्टरको स्वीकृतिमा गर्दा उत्तम हुने कुरा पनि स्मरण गराउदछौं।


1. Esutakku Ibu Fine(エスタクイブファイン) :

यो औषधि सामान्य ज्वरो आउने, रुघाखोकी लाग्ने र दुखाइमा प्रयोग गरिन्छ । यो बजार मा सबैभन्दा प्रभावी चिसो बिरुद्दको औषधिको रुपमा रहेको छ।

विस्तृत जानकारीको लागि: https://www.ssp.co.jp/stac/products/#fine


2. Ryukakusan Direct(龍関さんダイレクト):

घाँटीमा जलन, खोकी लाग्दा यो औषधिको प्रयोग गरिन्छ। यसलाई पानी बिना लिन सकिन्छ। यो मुखमा राखे पछि आफै घुलिन्छ र घाँटीमा सीधा काम गर्दछ। यदि तपाइँ अन्य हर्बल औषधि लिइरहनुभएको छ भने, यो औषधि लिनु भन्दा पहिले आफ्नो फार्मासिस्टसंग सल्लाह लिनु राम्रो हुन्छ।

विस्तृत जानकारीको लागि: https://www.ryukakusan.co.jp/promotion3


3. Kaigen Cough Pills(カイゲン咳薬):

खोकी र कफबाट पिडित भएकाहरुको लागि यो औषधि उपयुक्त हुन्छ। यो औषधिको प्रयोगले मुख सुक्खा हुने र निन्द्रा लाग्ने जस्तो साइड इफेक्ट देखिन सक्छ। आफ्ना बच्चाहरुलाई स्तनपान गराईरहेका आमाहरुले यो औषधि प्रयोग गर्नु हुदैन।

विस्तृत जानकारीको लागि: https://www.kaigen-pharma.co.jp/product/product2/23_sekidome_jo.html


4. LOXONIN S(ロキソンニン S):

यो ज्वरोआएको बेलामा प्रयोगगर्न सकिने प्रभाबकारीऔषधि हो जसलाईडाक्टरहरुले पनिप्राय सिफारिस गर्नेगर्दछन्।

विस्तृत जानकारीको लागि: https://www.daiichisankyo-hc.co.jp/content/000023387.pdf


5. Eve Quick Headache medicine(イブクイック頭痛薬): ज्वोरो आउँदाप्रयोग गरिने ロキソンニン S पछिदोश्रो प्रभाबकारीऔषधिको रुपमा यसलाईप्रयोग गरिन्छ। यसलाई दाँतको दुखाई र महिनावारी ऐंठन कम गर्न को लागी पनि प्रयोग गर्न सकिन्छ।


विस्तृत जानकारीको लागि: https://www.ssp.co.jp/


6. ALLEGRA FX(アレグラFX):

यो औषधि ज्वरो र एलर्जीको लागि प्रगोग गरिन्छ। यो औषधिले निन्द्रा लाग्ने समस्या नहुने हुनाले सवारी हाँक्न र काम गर्न कुनै समस्या हुदैन।

विस्तृत जानकारीको लागि: http://www.allegra.jp/


7. Contac Nasal Spray (コンタック鼻スプレー):

यो औषधि नाक सम्बन्धि एलर्जीको समस्याको निम्ति प्रयोग गरिन्छ। यो औषधिको साइड इफेक्ट केहि पनि छैन।

विस्तृत जानकारीको लागि: http://contac.jp/


8. Alinamin EX Plus (アニナミン EX プラス): रक्तसंचारमासुधार गर्न रथकान बाट रिकभरीगर्न मद्दत गर्नेयो भिटामिनयुक्त औषधिहो। थाकेको आँखा, ढाड, कम्मर दुखेकोमापनि प्रयोग गर्नसकिन्छ।

विस्तृत जानकारीको लागि: https://alinamin.jp/pc/


9. Inochi no Haha (命の母) :

यो औषधि महिलाहरुको समस्याहरुको बिरुद्ध प्रभावकारी मानिन्छ। अनियमित महिनावारी रुघाखोकी र महिनावारी रोकिएपछिका समस्याहरुका लागी उपयोगी मानिन्छ। यसले रक्तसंचारमा सुधार ल्याउनको लागि सहयोग गर्छ। स्तनपान गरिरहेका र पेटको समस्या भएकाहरुले यो औषधिको प्रयोग गर्नु हुँदैन।

विस्तृत जानकारीको लागि: https://www.kobayashi.co.jp/seihin/ih_a/


10. Kawai kanyu Drops(カワイ肝油ドロップ) :

यो औषधिमा भिटामिन A को मात्रा हुने हुनाले आँखालाइ स्वस्थ राख्न सहयोग गर्छ। त्यसै गरि भिटामिन D को मात्रा पनि हुने हुनाले हड्डीलाई स्वस्थ राख्न पनि सहयोग गर्दछ। यसलाई १ बर्षको उमेर देखि प्रयोग गर्न सकिन्छ।

विस्तृत जानकारीको लागि: http://www.kawai-kanyu.co.jp/p0101/


11. Kyushin [Herbal Medicine] :

यो औषधि थकाई महशुस हुदा, उभिएर खुट्टा सुन्निएको बेलामा प्रयोग गरिन्छ। यसले रक्तसंचारमा सुधार ल्याउन पनि मद्दत गर्दछ।

विस्तृत जानकारीको लागि: http://www.kyushin.co.jp/brand/brand01.html


12. Chondroitin ZS(コンドロイチンZS)[For Joint Pains] :

यसलाई जोर्नीहरू दुखेको बेलामा प्रयोग गर्न सकिन्छ।

विस्तृत जानकारीको लागि: http://zs1560.jp/


13. Liverurso (レバウルソ) [For the Liver] :

यो औषधिले थकानबाट आराम दिलाउन मद्दत गर्दछ। साथै, ह्यंगओभरबाट मुक्तिको लागि पनि यो औषधिको प्रयोग गरिन्छ।

विस्तृत जानकारीको लागि: http://search.sato-seiyaku.co.jp/pub/search/dispproduct.php?productid=876&ref=


14. GASTER 10 (ガスター10) [Digestive Medicine] : पेट खाली हुँदा हुने दुखाइको बिरुद्दमा यो औषधिको प्रयोग गरिन्छ।

विस्तृत जानकारीको लागि: https://www.daiichisankyo-hc.co.jp/products/details/gaster/


15. Buscopan A(ブスコパンA): पेट दुखेको बेलामा यो औषधिको प्रयोग गर्न सकिन्छ। अन्य औषधिहरु लिइरहेको बेलामा यो औषधि पनि लिदा राम्रो संग काम नगर्न पनि सक्छ।

विस्तृत जानकारीको लागि: https://www.ssp.co.jp/product/brand/buscopan/


16. The Guard (ザ。ガード) [消化器系] :

यसले आन्द्रा र पेटलाई स्वस्थ राख्न मद्दत गर्दछ। यसले पाचन प्रणालीमा पनि सुधार ल्याउँछ।

विस्तृत जानकारीको लागि: http://hc.kowa.co.jp/the_guard/index.html


17. Selbelle (セルベル) [消化器系医学] :

यो औषधि पेटलाई स्वस्थ राख्न प्रयोग गरिन्छ। पेनकिलर खाएर पेटको समस्या भोगेकालाईयो औषधि उपयुक्त हुन्छ।


18. Lopera Mac Sato (ロペラマックサット) : धेरै खाएर पेट दुखेको वा पखाला लागेको बेलामा यो औषधिको प्रयोग गरिन्छ। मुखमा राखे पछि यो घुल्छ र बिस्तारै काम गर्न थाल्छ। ज्वरो र अन्य रोगको कारण पखाला लागेमा यो औषधिको प्रयोग गर्नु हुदैन।

विस्तृत जानकारीको लागि: http://search.sato-seiyaku.co.jp/pub/search/dispproduct.php?productid=546


19. Biofermin (ビオフェルミン下痢止め) :

यो औषधिले पेटको दुखाइ नियन्त्रण र पेटको भित्रि पर्खाल को रक्षा गर्दछ। 11 बर्ष देखिका बच्चाहरुले पनि यो औषधिको सेबन गर्न सक्छन्।

विस्तृत जानकारीको लागि: https://www.biofermin.co.jp/products/geridome/index.html


20. Byurakku (ビューラック) :

यो औषधि अपच र कब्जियतको लागि प्रयोग गरिन्छ। यसको सेबन गर्नाले दिसा निस्कन सजिलो बनाउछ। यो दुध र अन्य औषधि संग लिनु हुदैन। दुध वा अन्य औषधि लिएको १ घण्टा पछि मात्र यसको सेबन गर्नु पर्दछ।

विस्तृत जानकारीको लागि: https://www.kokando.co.jp/products_constipation_medicine.html


21. ROHTO V11(ロートV11):

यो औषधि आँखा चिलाएको, लामो समय सम्म स्मार्ट फोन कंप्यूटर प्रयोग गरि पोलेको अथवा थकित भएको आँखामा प्रयोग गरिन्छ।

विस्तृत जानकारीको लागि: https://jp.rohto.com/v11/


22. MyTear ALPITATTO Exα (マイティアアルピタットEXα) :

यो औषधि मौसमी ज्वरोको कारण आँखामा भएको एलर्जी, आँखा चिलाएको र सुन्निएको बेलामा प्रयोग गरिन्छ।

विस्तृत जानकारीको लागि: http://www.senju.co.jp/consumer/products/1188119_1345.html


23. Ekivan A(エキバンA):

यो औषधि छाला सुक्खा भएको, काटेको र अन्य छाला जन्य समस्यामा प्रयोग गर्न सकिन्छ। यो लगाउने बित्तिकै छिट्टै सुक्छ।

विस्तृत जानकारीको लागि:  https://www.qlife.jp/meds/otc4987393971031.html


24. BETNEVATE N Ointment(ベトネベートN軟膏):

यो औषधि एलर्जी, पोलेको, किराले टोकेको, छाला सुन्निएको बेलामा प्रयोग गरिन्छ।

विस्तृत जानकारीको लागि: https://www.daiichisankyo-hc.co.jp/products/details/betnevate_n/


25. Teramaisin Ointment (テラマイシン軟膏) :

यो औषधि घाउमा प्रयोग गरिन्छ। साधारण काटेको र रगत थाम्ने काममा यो औषधिको प्रयोग गरिन्छ।

विस्तृत जानकारीको लागि: https://takeda-kenko.jp/products/gairai/teramaisin.html




13 views0 comments
bottom of page